लाहान नगरपालिकाद्वारा १ अर्ब २६ करोड ९१ लाखको बजेट प्रस्तुत

    • असार ११, २०७९
    • ३२६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लाहान, ११ असार। सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को लागि १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ। शुक्रबार सम्पन्न १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्ताव गरेको हो।
    बजेटमा शिक्षा, स्वास्थ्य, कृषि पूर्वाधार विकासमा विशेष जोड दिएको ट।

    लहान नगरपालिकाको १० औं नगर सभाको प्रमुख अतिथि संघीय सरकारका खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनामा स्थानीयको जनश्रमदान अनिवार्य गरेको नीतिले उपभोक्ताबाट हुने काम प्रभावित हुने गरेको भन्दो सो प्रावधान खारेज गराउन पहल गर्ने जनाए।

    उनले आफ्नो कार्यकालमा जनश्रमदान नीति हटाउने र त्यसको प्रत्यक्ष फायदा तराई मधेशको ४० प्रतिशत जनताले शुद्ध खानेपानीको लाभ लिन सकिने मन्त्री चौधरीले जिकिर गरे।

    वडाको हिसाबले नेपालको सबैभन्दा ठुलो लहान नगरपालिकाको १० औँ नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनश्रमदान नीति हजारौँ खोनपानी आयोजनाहरुको बाधक रहेको जानकारी गराए।

    मन्त्री चौधरीले लहानवासीले केही दिनमै आफ्नो धाराबाट २४ सै घण्टा शुद्ध खानेपानी पाउने जनाए। जसको लागि वाटर एडले समेत काम गरिरहेको छ। लहान बजारको ढल निकास (ड्रेनेज) जमिनमुनिको नालाको लागि मन्त्रालयबाट बजेट विनियोजन गरिने पनि आश्वासन दिए।

    लहानमा खानेपानी एउटा ठुलो समस्या रहेको भन्दै मेयर महेश चौधरीले खानेपानीको समस्या रहेको वडाहरुमा मन्त्री उमाकान्त चौधरीलाई आफुसंगै नगरपालिकाको निरीक्षण गराएका थिए ।

    लहान नगरपालिकाको नीतिमा नै ढल निर्माणका लागि नगरपालिकाले व्यहोर्नुपर्ने रकमका लागि नगर सभाबाट १ करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख महेश चौधरीले जनाए।

    उद्घाटन सत्रको कार्यक्रममा उपप्रमुख रामचलितर महतोले स्वागत मन्त्वय व्यक्त गरेका थिए। स्थानीय राजतीतिक दलका प्रतिनिधि, समाजिक अगुवा, शिक्षक, वडाअध्यक्ष, वडासदस्य लगायत हजारौँ व्यक्तिहरुको सहभागीतामा नगर सभाको उद्घाटन कार्यक्रम भएको थियो।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल