काठमाडौं, ११ असार। सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो।
मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ ।
कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो।
नेपाल आयल निगमले पछिल्लो पटक डिजल र मट्टीतेलमा समान २७÷२७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको थियो। अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल÷मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ।