दाजुको हत्या अभियोगमा भाईसहित दुई जना पक्राउ

    • असार १०, २०७९
    • २६९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, १० असार। सर्लाही प्रहरीले कबिलासी नगरपालिका ८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भार्इ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अमरेन्द्रको हत्या अभियोगमा उनकै भाई अमरकान्त ठाकुर र रुपेश कुमारलाई पक्राउ गरेको हो।

    laif

    अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    अनुसन्धानको क्रममा सोमबार बेलुकी अमरेन्द्र ठाकुर र अमरकान्त ठाकुरबीच बाद–बिवाद भएको बिषयलाई लिएर अमर कान्त र उनको साथी रुपेशले अमरेन्द्रलाई मार्ने योजना बनाई खुल्न आएको पैहरीको भनाई छ। उनीहरुले मार्ने योजना बनाएर अमरेन्द्रलाई खानपिनको व्यवस्था छ, भनि बोलाएर धारिलो हतियार र ढुंङगाले शरीरको बिभिन्न भागमा प्रहार गरी हत्या पश्चात शव कुलोमा फालेको खुल्न आएको प्रहरीको भनाई छ।

    पक्राउ परेका दुवैजनामाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

    sanchay kosh copy

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल