वीरगञ्जमा नेपाली चलचित्रको गतिविधि बढाउन चलचित्र पत्रकारबिच छलफल

    • असार १०, २०७९
    • २८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १० असार। हिन्दी र भोजपुरी फिल्मको बर्चस्व रहेको वीरगञ्जमा नेपाली चलचित्रलाई चलायमान बनाउनेबारे छलफल भएको छ। चलचित्र पत्रकार संघ पर्साद्वारा आयोजित कार्यक्रममा वीरगञ्जमा नेपाली चलचित्रका गतिविधिलाई गति दिने विषयमा छलफल भएको हो।

    srijana school

    चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष जीवन पराजुलीले पर्सामा चलचित्रप्रतिको रुची र कलाकारप्रतिको आकर्षण बढाउन चलचित्र पत्रकार संघ पर्सा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। चलचित्र पत्रकार संघ पर्सा शाखा गठन भएरै एउटा ईट्टा थपिएको बताउँदै उपाध्यक्ष पराजुलीले चलचित्र पत्रकार संघको स्थापना, यसका उद्देश्य लगायतका बारेमा जानकारी गराएका थिए।

    मोफसलमा बिट पत्रकारिता गर्नु चुनौती भएपनि अन्य विधासँगै चलचित्र र कला सम्बन्धी समाचारलाई पनि प्राथमिकता दिन उनले आग्रह गरे।

    चलचित्रको इतिहासदेखि बर्तमानको बारेमा जानकारी पाउन पराजुलीद्वारा लिखित क्लोज अपको बारेमा पनि कार्यक्रममा चर्चा चलेको थियो। चलचित्रकर्मी एवम् चलचित्र पत्रकारहरुको संघर्ष र नेपालमा चलचित्रको अवस्थाका बारेमा पनि क्लोज अपमा समेटिएको पराजुलीले बताए।

    चलचित्र पत्रकार संघका संस्थापक एवम् चलचित्र निर्माता डब्बु क्षेत्रीले चलचित्र पत्रकार संघको इतिहासदेखि वर्तमान परिवेशको बारेमा वर्णन गरेका थिए। वीरगञ्जमा नेपाली चलचित्रलाई चलाउनका निम्ती कलाकार र यहाँका दर्शकबिचको दुरीलाई कम बनाउन पर्सा शाखालाई आग्रह गरे। गीतकारसमेत रहेका क्षेत्रीले विगतको तुलनामा केही सुधार भएको हुँदा अब बिस्तारै नेपाली चलचित्रप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे।

    चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले निर्माता एवम् निर्देशकसँगै कलाकारको नजरमा वीरगञ्ज नपरेको बताउँदै अब वीरगञ्जमा पनि चलचित्रहरुको प्रमोशन गर्नुपर्नेमा जोड दिइन्। केन्द्रिय समितिले कलाकार एवम् निर्देशक तथा निर्माताहरुसँग समन्वय गरेर वीरगञ्ज पठाउनुपर्ने माँग गर्दै अध्यक्ष पौडेलले चलचित्र सम्बन्धी गतिविधिलाई पनि तिव्रता दिने प्रतिबद्धता जनाइन्।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, गायिका एवम् सञ्चारकर्मी सरिता भारती, चलचित्र पत्रकार संघ पर्साका उपाध्यक्ष विवेक कर्ण, सहसचिव प्रणय कुमार साह, सदस्यहरु जय यादव, रञ्जित यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए।

    sanchay kosh copy

     

     

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल