काठमाडौं, १० असार। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा ३४ प्रतिशतले बढाएर बजेट ल्याएको छ। चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार अनुमानित बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्ष ०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ ल्याएको हो।

laif

पूर्वाधार विकासका लागि कुल विनियोजित बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको महानगरले प्रशासनिक खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार ९२०।९६ प्रतिशत० छुट्याइएको महानगरले जनाएको छ । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कुल बजेटको २।२४ प्रतिशतले हुन आउने ५० करोड २१ लाख २४ हजार रुपैयाँ समेत विनियोजन गरिएको उपप्रमुख सुनिता डंगोलले बताइन्।

स्रोत व्यवस्थापन तर्फ भने महानगरको सञ्तचत कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजार बाहेक संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने महानगरले जनाएको छ। यस्तो आम्दानी सञ्चित कोष बाहेक ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहने महानगरको भनाइ छ।

sanchay kosh copy