उदयपुर, १० असार। जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा गठवन्धनका तर्फाट नेकपा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा निर्वाचित भएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा प्रमुखमा विश्वकर्मासहित जिसस उदयपुरमा गठबन्धनको प्यानलै विजयी भएको हो।

laif

समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् भने सदस्यहरुमा कांग्रेसका विष्णु कट्वाल, भिमचन्द्र राई, मन्जुकुमारी परियार निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यमा माओवादी केन्द्रका विन्दाकुमारी विश्वकर्मा, इन्द्रबहादुर थापा, गोमा कार्की ढुंगाना र पदमकुमारी राई निर्वाचित भएको सहायक निर्वाचन अधिकृ दिलीप मगरले जानकारी दिए।

विजयी सबै उम्मेदवारले समान ११–११ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारहरूले पाँच–पाँच मत प्राप्त गरेका गरेका खुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिए।

sanchay kosh copy