सिरहा, ९ असार। नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनीतिसभा सदस्य मात्रिका प्रसाद यादवले विकासको काममा सम्पूर्ण दल एक जुट हुन अनुरोध गरे। मिर्चैया नगरपालिकाको ९ औं नगर अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले चुनावमा आ–आफ्नो विचार सहित लड्नुस् तर विकासको काममा सवै दल, नागरिक समाज, शिक्षक, उद्योग एक जुट भएर लाग्न आग्रह गरेका हुन्।

mirchaya2

मिर्चैयाको विकासले कुनै एउटै व्यक्ति वा पार्टीकोमात्र जिम्मेवारी होइन भन्दै प्रतिधिसभा सदस्य यादवले भने, ‘विकास सवैको साझा हो, त्यसैले कुनै पार्टी, व्यक्तिले निजी गर्ने होइन। हामी सवैको हो भन्ने भावनाका साथ लाग्नुहोस्। यहि पटक मिर्चैया नमुना बन्न सक्छ।’

शिक्षा, स्वास्थ्य, कृषिमा विशेष जोडा दिएर निती तथा कार्यक्रम बनाउन अनुरोध गरे। उनले भने, ‘विकासको मुख्य आधार भनेको शिक्षा, स्वास्थ्य, कृषि हो, यसको विकास भएमात्र समृद्ध मिर्चैयासँगै देश समृद्ध बन्छ।’

उनले कृषिको कुनै उत्पादनमा कर नलिन समेत आग्रह गरे। उनलेभने, ‘किसानले बजारमा वेच्न ल्याएको उत्पादनमा चौवन अठनी (कर) नलिनुस्, बरु किसानसँग लिएर बेच्ने व्यापारीसँग लिंदा हुन्छ।’

उद्घाटन मन्तव्यकै क्रममा नेता यादवले हरेक कामलाई पारदर्शी पर्नेमा जोड दिए। उनले जनप्रतिनिधीहरुले गर्ने हरेक काम पारदर्शी भएमात्र जनताले साथ दिने जिकिर गरे।

narti

शिक्षा तथा प्रविधि राज्य मन्त्री बोधमायाँ यादवले शिक्षालाई विशेष ध्यानमा राखेर नीति तथा कार्यक्रम बनान आग्रह गरे। उनले स्थानीय तहकै मातहतमा शिक्षा आईसकेकाले यसलाई सवल बनाउन सोही अनुसारको निती तथा कार्यक्रम आवश्यक पर्ने जनाए।

मधेश प्रदेशका गृह तथा सूचनामन्त्री भरत प्रसाद साहले यो नगरशभाले भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडदिने खालको निती तथा कार्यक्रम बनाउन आग्रह गरे। मन्त्री साहले वर्तमान मेयर र उपमेयर पुनः दोहरीएकाले आफ्ना अधुरा योजनाहरुलाई पनि योजनामा समेट्दै अगाडीका योजनाहरु ब्नाउन सुझावए।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री विश्वनाथ साह, महेन्द्र पासवान प्रदेश सभा सदस्य जगत प्रसाद यादव लगाएतको उपस्थिति रहेको थियो।

नगर प्रमुख श्रवण यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा यादवले आफू नगरमामात्र सिमित रहन राजनीतिमा नआएको बताए। उनलेभने, ‘म नगरमा मात्र सिमित हुन राजनीतिमा आएको होइन, म प्रदेश हुँदै संघिय मन्त्री सम्म बन्ने सपानासहित आएको हु, म त्यसैअनुसार जनताको काम गरिरहेको छु, गर्छु।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, नागरिक समाज, शिक्षक, व्यसायीहरुको उपस्थिति रहेको थियो।

नगरसभाको उद्घाटन कार्यक्रको आयोजन गरेको भएपनि नीति तथा कार्यक्रमभने प्रस्तुत भएन। भोली हुने बन्द सत्रमामात्र निती तथा कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाए।

mirchaiya