आजबाट मधेसका ४ सहित २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउँदै

    • असार ९, २०७९
    • २८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ९ असार। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजबाट कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा बालबालिकालाई खोप दिन लागेको बताए।

    srijana school

    पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने जनाएको छ।

    पहिलो चरणमा वाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ। यस्तै, प्रदेश–१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।

    त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबीच, खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ। खोप लगाए पछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।

    यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह छ।

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल