सिरहा, ८ असार। प्रतिनिधी सभासदस्य तथा नेकपा एकाले नेता लिलानाथ श्रेष्ठले साझा प्रयासबाटै उचित विकास सम्भव रहेको बताए। गोलबजार नगरपालिकाले आर्थिक वर्ष २७९/८० को निती तथा कार्याक्रमको लागि आयोजीत सुझाव सङ्कलन कार्याक्रमलाई सम्वोधन गर्दै विकासको जिम्मा कुनै एउटा दल, समुदाय, व्यक्ति वा समाजको नभएको भन्दै साझा सहभागीता जरुरी रहेको जनाए।

नगरपालिको चौतर्फी विकासको लागि जितेका दलमात्र हैन सवै दलले हातेमालो गरेर लाग्नु पर्ने पूर्व मन्त्री समेत रहेका श्रेष्ठले जनाए। उनले जितेको पार्टीको मुख्य जिम्मेवारी हुन सक्छ । तर, विकास निर्माणमा सवैको हात्तेमालो जरुरी रहेको बताए।
उनले अव निर्वाचित जनप्रतिधिले पनि सवैसँग आवश्यक सल्लाह सुझाव लिने र त्यहि अनुसारको नीति तथा कार्यक्रमहरु तर्जूमा गर्नुपर्नेमा जोड दिए।
उनले विकास निर्माणसँगै हामीले पारदर्शिता र शुशासनलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। पूर्व मत्री श्रेष्ठले जनप्रतिनिधी र कर्मचारी लोभ लालचमा नपरी कार्यगरे शुशासन आफै कायम हुने जिकिर गरे।
नेता श्रेष्ठले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी श्रृजना गर्ने गरी निती तथा कार्यक्रम बनाउन सुझाव दिए। उनले भने, ‘आज पनि यहाँ ६० प्रतिशत जनश्रम कृषिमा आश्रृत रहेको छ, यसलाई व्यवस्थित, मर्यादित बनाउनु जरुरी छ। स्वास्थ्य, शिक्षा र रोजगारीमा पनि काम गर्नु पर्छ।’
सुझाव सङ्कलन कार्यक्रममा पूर्व राज्य मन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य शत्रुधनप्रसाद सिंहले विकोको मुल आधार कृषि भएको भन्दै कृषिको विकासमा जोड दिन अनुरोध गरे।
कार्यक्रममा पूर्व मेयर देवनाथ साहले सुरु भएका महत्वका योजनाहरुलाई निरन्तता दिन आग्रह गरे। उनले बर्तमान मेयरले मैले जानेका बुझेका कामहरु आवश्यक परे जुसुकै बेला सल्लाह सुझावको रुपमा दिन तयार रहेको बताए।
सोही क्रममा नेपाली काग्रेसका चन्द्रदेव यादव, नेकपा माओवादी केन्द्रका उमेश बराल, पत्रकार अजुन थपालिया, शिक्षक, प्रध्यापक लागाएत दर्जनौ व्यक्तिहरुले निती तथा कार्यक्रमका बारेमा सुझाव राखेका दिए। उनीहरुले शुशासन कायम गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मध्ये नगरगर्दे निती तथा कार्यक्रम बनाउन सुझाव दिएका थिए।
नवर्निवाचित मेयर श्याम कुमार श्रेष्ठले आफू सधै सवैको उचित सल्लाह सुझाव सहित अगाडी बढ्ने प्रतिबद्धता जनाए। उनले यहाँ उपलद्ध सुझावहरुलाई आफूले सकेसम्म समेट्ने जनाए।


 
                     
                            
                                                            


 
         
         
        

















