वीरगञ्ज : लाखौ लिएर प्रधानाध्यापद्वारा फर्जी शिक्षक नियुक्ती

    • असार ८, २०७९
    • ४३२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ८ अषाढ। वीरगञ्जको एक सामूदायिक विद्यालयका प्रधानाध्यापकले फर्जी प्रकिया मार्फत शिक्षक नियुक्ति गरेको पाइएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को प्रगतिनगरस्थित महानगरपालिका आधारभुत विद्यालयका प्रधानाध्यापक उमेश ठाकुरले घुस लिएर फर्जी प्रकिया मार्फत शिक्षक नियुक्ति गरेको पाइएको हो ।

    school1

    तलब नपाएपछि नियुक्ति पाएका शिक्षकहरुले प्रधानाध्यापक ठाकुरमाथि कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि फर्जी नियुक्तिको कुरा बाहिरिएको हो ।

    ठाकुरराम बहुमुखी क्याम्पससँगै जोडिएको उक्त विद्यालयमा प्रधानाध्यापक ठाकुरले प्राथमिक तहका ६ जना शिक्षक र बालविकास केन्द्रका ३ जना गरी ९ जना शिक्षक नियुक्ति गरेका थिए । नियुक्ति पाउनेहरुमा आनन्द प्रसाद साह, अभिनाश कण्ठ, तेजनाथ प्रसाद जयसवाल, ममता पटेल, मुन्नी कुमारी श्रीवास्तव, नवनिता मल्लिक, प्रियंका कुमारी यादव, बन्दना कुमारी कर्ण र पूजा कुमारी साह रहेका छन् ।

    शिक्षकहरुलाई प्रधानाध्यापक ठाकुरले फर्जी प्रकियामार्फत आर्थिक लाभ लिएर नियुक्ति गरेको बुझिएको छ । तर नियुक्ति पाएको महिनौंसम्म पनि वीरगञ्ज महानगरपालिका कार्यालयले तलब भत्ता निकासी नगरेपछि शिक्षकहरुले आफ्नो नियुक्ति फर्जी भएको थाह पाएका थिए । त्यसपछि उनीहरुले ठाकुर विरुद्ध गत फागुन ४ गते उजुरी दिए । उजुरी परेकै दिन जिल्ला प्रशासन कार्यालय पर्साले ठाकुरलाई शिक्षक नियुक्ति सम्बन्धित कागजातहरु लिएर पेश हुन पत्र काट्यो तर उनले पत्र बुझ्न मानेनन् ।

    ठाकुरले अहिलेसम्म शिक्षकहरुको करिब १८ लाख रुपैयाँ तलब नदिएको स्रोतको दावी छ ।

    ठाकुरले पत्र बुझ्न नमानेपछि जिल्ला प्रशासन कार्यालयले फागुन २३ गते वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले ठाकुरलाई आवश्यक कागजातका साथ उपस्थित गराउन आदेश ग¥यो । महानगरले पनि प्रशासनको आदेशअनुसार ठाकुरलाई हाजिर हुन पत्र काट्यो तर उनले फेरी पनि पत्र बुझेनन् ।

    महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले उजुरी परेको दिनदेखि नै प्रअ ठाकुरको तलब सुविधामा रोक लगाइएको बताए । कर्णले शीक्षक नियुक्ति विषयमा छानविन गर्न महानगरले एउटा समिति समेत गठन गरेको जानकारी दिए । ‘उजुरी परेपछि आवश्यक कागजातहरु लिएर प्रअ ठाकुरलाई उपस्थित हुन पत्र काटेका थियौँ तर उनले बुझेनन् । उनको तलब सुविधामा रोक लगाएका छौँ । समितिले पनि छानविन गर्दैछ, प्रतिवेदन बुझाएपछि आवश्यक कारवाही अगाडि बढाउँछौँ,’ कर्णले यात्राडेलीसँगको टेलिफोन संवादमा भने ।

    पटकपटक बोलाउँदा समेत ठाकुर हाजीर नभएपछि असार १ गते जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर ठाकुरलाई हाजीर गराउन निर्देशन दिएको छ । ‘हामीले पटकपटक पत्र काटेर प्रअ ठाकुरलाई हाजिर हुन भन्यौं तर उनले पत्र नै बुझेनन्, सम्पर्कमा आएनन्,’ जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँट अन्तर्गत रहेको निवेदन फाँटका शिवशंकर साहले भने, ‘अन्त्यमा गएर हामीले प्रहरीलाई नै पत्र काटेर उनलाई हाजिर गराउन भनेका छौँ ।’

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले असार १ गते आएको पत्र अनुसार प्रअ ठाकुरलाइ जिल्ला प्रशासन कार्यालयमा हाजीर हुन जानकारी गराइ सकेको बताए । तर उनि हाजीर भए नभएका बारे भने जानकारी नभएको खनालको भनाई छ ।

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल