आपसमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

    • असार ८, २०७९
    • ३०६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, ८असार। बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य चार घाइते भएका छन्। कलैया उपमहानगरपालिका २७ बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना. २८ प नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको ना.३४ प ७९२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा करैयामाई गाँउपालिका १ का २२ वर्षीय तबरेज आलमको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका आलमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी राजेश थापाले जानकारी दिए।

    दुर्घटनामा सोही ठाँउका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह घाइते भएका छन्।

    घाइतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको छ। उनीहरुको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल