कर्मचारी पोसाकमा रहेका बिचौलिया, नापी कार्यालय पर्साबाट रंगेहात पक्राउ

    • असार ७, २०७९
    • २६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ७ असार। नापी कार्यालय पर्सा वीरगञ्जमा एक लाख २५ हजार घुस रकमसहित एक बिचौलिया रंगे हात पक्राउ परेका छ। निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका वीरगञ्ज महानगरपालिका १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले रकम सहित नियन्त्रणमा लिएको हो।

    वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउँदै आइरहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनुपर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

    अभियुक्तलाई ठगी कसुरमा कारवाही अगाडी बढाईने पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । नापी कार्यालयका कर्मचारीको मिलेमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेको र उनिमार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

    घटनास्थल पुगेको सञ्चारकर्मीहरुको टोली घटना बारे बुझ्न नापी कार्यालयमा पुगेपछि कर्मचारीहरुले पिडितको लालपुर्जा तत्काल उपलब्ध गराएका थिए ।

    यसले सरकारी पोशाकमै विचौलिया राखेर नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल