काठमाडौं, ७ असार। सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गरेको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा आफ्ना समर्थकहरुलाई भेला पारी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेको हो।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै नयाँ पार्टीको घोषणा गरे।
उनले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छौँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि जिकिर गरे।
आफ्नो पार्टी परिवार वाद, टिके प्रथाको विरुद्ध रहेको बताए। जुनसकुकै तहको उम्मेद्वार पहिला आफ्नै पार्टीको आन्तरिक चुनावबाट निर्वाचित भएपछिमात्र चुनावमा जानपाउने बताए।
पार्टीमा ५१ प्रतिशत युवापुस्ताको स्थान रहने पनि उनले सुनाए। पार्टीको चुनाव चिन्ह घण्टी प्रस्तावित गर्दै उनले भने, ‘यो भ्रष्टाचारहरुको दिन सकिएको जनाउ दिने घण्टी, शुशासन र विकासको प्रचार गर्ने घण्टिी हो।’
अन्तिमा उनले तत्काललालाई २१ जनाको पार्टी कमिटी घोषणा गरेका छन्। सोही समितिमा देशले चिनेका नामुद व्यक्तिहरु छैन तर देश चिनेकाहरु रहेको लामिछानेले दावी गरे।
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2022 - Gamakpost.com All rights reserved