काठमाडौं, ६असार। नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी मात्रामा वृद्धि गरेको छ। आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो।
निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १ सय ९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ।
निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।