११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइँदै

    • असार ५, २०७९
    • २२३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    ललितपुर, असार ५ । ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेकको पहिलो खोप लगाइने भएको छ।
    जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म सो खोप कार्यक्रम सञ्चालन गर्न लागको हो।
     
    srijana school
     
    स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. सतिश विष्टका अनुसार जिल्लाका ६ वटै पालिकामा खोप कार्यक्रम एकैदिन सुरु हुनेछ।
     
    आइतबार पत्रकार सम्मेलन गर्दै उनले साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सन्चालन गर्ने जानकारी दिए। 

    खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित सङ्ख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको उनले बताए।  

    ‘जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४९५ पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेको हामीले रेकर्ड पाएका छौँ,’ स्वास्थ्य कार्यालय प्रमुख डा. विष्टले भने, ‘यो सङ्ख्या विद्यालयमा सूचीकृत भएका आधारमा तय गरिएको हो। यसबाहेक तथ्यांक घटबढ हुन सक्नेछ।'

    ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक–एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने  तयारी छ।

    इँटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने व्यवस्था मिलाइएको छ। 

    बालबालिकालाई दिइने फाइजर खोपको अनुगमन समेत गरिने उनले बताए। ‘यो खोपको रंग फरक छ, जसका कारण प्रयोग गर्न र चिन्न थाहा हुनेछ,’ उनले थपे, ‘यो खोपको प्याकेट सुन्तला रंगको छ।’

    बालबालिकालाई दिने खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी  मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ। 

    यो खोप ५–११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई भने दिन नमिल्ने डा. विष्टले प्रष्ट पारे। 
    ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप लगाउने तयारी गरेको छ।

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल