मत्स्य विकास केन्द्र लहानमा करोडौंको भूर्वाधार निर्माणमा कर्मचारी र ठेकेदारको मनोमानी

    • असार ५, २०७९
    • ६१० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ५ असार। मत्स्य विकास केन्द्र लहान, सिरहा हाताविभित्र करोडौं लगानीमा विभिन्न पूर्वधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमत्तोमा कम गुणस्तरको काम भईरहेको छ। विकास केन्द्र हातभित्रै काम भईरहेको भएपनि कार्यालयले उचित निगरानी नगर्दा कम गुणस्तरको काम भएको हो।

    lahan m1

    विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा एक सय ७२ मिटर लामो फिडिङ क्यानल (नाला) निर्माणको ठेक्का स्वीकार गरी काम गरिरहेको छ। यसमा तोकेको भन्दा कम गुणस्तरको इँटा प्रयोग भएको पाइएको छ। कम गुणस्तरका इँटा प्रयोग नगर्न निर्माण कामको निरिक्षण गर्ने जिम्मा पाएका साइड इन्जितियर रामविश्वस भण्डारीले तत्काल इँटा फेर्न भनेपनि ठेकेदारले अटेर गरेको बताए।

    srijana school

    उनले भने, ‘मैले ठकेदारलाई कम गुणस्तरको इँटाभयो, यो प्रयोग नगर्न भनिसकेको छु, उनले अटेर गरेर प्रयोग गर,े उनले प्रयोग गरेको सामाग्रीकै आधारमा मूल्याङ्कन हुन्छ।’

    इन्जिनियर भण्डारीले आफ्नो अन्यत्र साइडपनि हेर्नुपर्ने भएकाले एकैठाउँ वस्न नसकिने अवस्था रहेको बताए। उनले भने, ‘म यहिमात्र वसेर हेर्न सक्दिन आएको वेला कमसल सामाग्री प्रयोग गरिरहेको छ, नहाल्न भनें, ठेकेदारले अटेर गरिरहेको छ। मैले पनि त्यहि अनुसार मूल्याङ्कन गर्नुपर्ने अवस्था हुन्छ।’

    निर्माण कम्पनीकै निजी प्राविधिक संजीव ठाकुरले पनि कमसल इँटा भएको स्वीकार गरेको छ। उनले भने, ‘इँटा उद्योगको लापर्वाहीका कारण केही इँटा कमसल आएको हो, मैले तत्काल नल्याउन भनिसकेको छु।’

    मत्स्य विकास केन्द्रका प्रमुख मुङ्गालाल चौधरीले समेत इँटा फेर्न भनेको बताए। चौधरीले मैले ठेकेदारलाई फोन गरेर इँटा फेर्न भनेपनि अटेर गरेको सुनाए।

    laif

    निर्माण कम्पनी लहान नगरपालिकाका उप प्रमुख रामचलित्तर महतोको श्रीमतीको नाममा रहेको छ। कम्पनी श्रीमतीको नाममा भएपनि उप प्रमुख महतोले काम गर्दै आएको छ।

    कमसल सामाग्री प्रयोगको विषयमा महतोसँग बुझ्न खोज्दा उनले ‘तँपाईसँग ल्याछ ? कुन ल्यावमा जाँचेर कमसल भन्नुभएको ?’ भन्दै प्रतिप्रश्न गरे।

    यहि हाताभित्रै ५५ लाखको लगानीमा ओभरहेड ट्याङ्क निर्माण भईरहेको छ। यसको ठेक्का भने भवानी कन्ट्रक्सले पाएको छ। मछाको भुरा उत्पादन गर्ने यहाँ ओभरहेड ट्याङ्क निर्माणमा पनि गुणस्तरहिन बालुवा लगाएतका निर्माण सामाग्री प्रयोग भएको छ।

    पूर्वाधार निर्माणको काममा प्रशोधित बालुवाको प्रयोग गर्न भनियपनि कम मूल्यमा पाइने भएकाले निर्माण कम्पनीहरु सिधै खोलाबाट ल्याएको बालुवा प्रयो गरिरहेका छन्।

    मत्स्य विकास केन्द्रकै हाताभित्र ४० लाखको कर्मचारी आवास, २० लाखको डिप वोर्डिङ्ग जडान, २० लाख पोखरीको वाल सुद्रिढिकरणको काम भईरहेको छ।

    सवै कामहरु फरक कम्नीले ठेक्का पाएको भनेपनि प्रमुख चौधरीले ठेक्का पाएका कम्पनीहरुको नाम बताउन चाहेनन्।
    यति धेरै काम भईरहेपनि सवैसाधारणले देख्नेगरी कुनै परियोजना झल्कने खालका सूचना पार्टी तथा साइनवोर्ड छैन। प्रत्यक परियोजनाहरुमा सर्वसाधारणले सजिलै देख्ने र बुझ्नेगरी परियोजनाबारे लेखिएको सूचना राख्नुपर्ने व्यवस्था भएपनि यहाँ राखिएको छैन।

    साइनवोर्ड निर्माणको लागि प्रत्यक योजनाहरुमा बजेट नै छुट्याएको भएपनि परियोजना सकिएपछि निकासाको लागिमात्र फोटो खिचेर फाईलमा राख्ने परिवार्टी मौलाउँदा परियोजनाबारे सर्वसाधारण सहज जानकारी पाउन सकिहरेको छैन।
    यस विषयमा मत्स्य विकास केन्द्रका प्रमुखलाई जानकारी माग्दा आनाकानी गर्ने, जानकारी छैन भन्ने, फाईल हेनुपर्छ भन्ने गरी पन्छिए।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशबाट प्राप्त बजेटले काम भईरहेको प्रमुख चौधरीले जानकारी दिए।

    https://youtu.be/O0975Aclxu8

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल