विदेशबाट आएका एक व्यक्तिमा मङ्कीपक्सको आशङ्का, टेकु अस्पतालमा भर्ना

    • असार २, २०७९
    • १८९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाई लफोटो।

    काठमाडौं, २ असार। विदेशबाट काठमाडौं आंएका एक व्यक्तिमा मङ्कीपक्सका बिरामी रहेको आशंकामा काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन्।

    laif

    दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको हो। ती पुरुषमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको तर पूर्ण परीक्षणबाट आउने नतिजाबाट मात्रै मङ्कीपक्सको सङ्क्रमण हो या होइन भनेर पुुष्टि गर्न सकिने अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिए।

    मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ। अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ। नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन।

    मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आउँदो हप्ता आपत्कालीन बैठकसमेत गर्न लागेको छ।

    ban suchana_1653571614

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल