गोलबजारमा बेनाली मोटरसाइकलको शोरुम खुल्यो

    • असार १, २०७९
    • ५७९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १ असार। सिरहाको गोलबजारमा बेनाली मोटरसाइकलको शोरुमको उद्घाटन भएको छ। एक समारोहका बिच मंगलबार गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले डीएम ट्रेडलिङ्कद्वारा सञ्चालित बेनाली मोटरसाइकलकोे शोरुम उद्घाटन गरेको हो।

    उद्घाटनको क्रममा मेयर श्रेष्ठले दुईपाङ्ग्रे सवारी साधन अव प्रत्यक व्यक्तिको आवश्यकता भएको बताए। सोही आवश्यकता पुरा गर्न यो कम्पनीको मोटरसाइकल पनि आएको छ, यसले पनि राम्रो व्यापार गरोस भन्ने शुभकामना दिए।

    इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले व्यवसायसँगसँगै ट्राफिक चेतना फैलाउने खालको कामगर्न पनि व्यवसायीहरुलाई आग्रह गरे। उनले अटो मोवाइल्सका व्यसायीहरुले आफ्नो व्यसायसँगै दुर्घटना न्यूनिकरणको लागि आवश्यक काम गनु पर्ने बताए।

    एद्घाटन कार्यक्रममा गोलबजार नगरपालिका वार्ड नम्वर ४ र ६ का वडा अध्यक्ष सकलदेव यादव, सञ्जित लामा, गोलबजार उद्योग वाणिज्य संघका राजेश गुप्ता लगाएतले शुभकामना व्यक्त गरेका थिए।

    गुप्ताले व्यवसय प्रवर्धन र विकासको लागि संघ आवश्यक सहयोग गर्न सधै तयार रहेने प्रतिबद्धता जनाए।

    बेनाली एउटा विश्वप्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । जुन धेरैको रोजाईमा गरेको सञ्चालक दिनेश साहले बताए। नयाँ सुविधाको आधारमा शहर बजारमा विभिन्न किसिमका मोटरसाईकल रहेका छन्। उनले लुक्स, माईलेज र इन्जनको विश्वसनियताले गर्दा ग्राहक यस मोटरसाइकलप्रति आवर्षित हुने गरेको बताए।

    उनले देशभरीमै गोलबजारलेमात्र बनाली मोटरसाइकलमा एक्सचेञ्च र फाईनान्सको सुविधा दिने घोषणा गरेको जनाए। उनले प्रत्येक मोटरसाइकल एक्सचेञ्च अफरमा २० हजार विशेष छुट दिने व्यवस्था गरेको बताए।

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल