उदयपुर, १ असार। जिल्लाको त्रियुगा नगरपालिका १ का एक महिलालाई पूवर्तपतिले छुरारोपी घाइते बनाएको छ । त्रियुगा नगरपालिका १ फुलजोरकी सिर्जना राईलाई पूर्वपति कटारी नगरपालिका ६ रिस्कुका ४५ वर्षीय रामकुमार सुर्खेतीले छुरा रोपि घाइते बनाएको हो।
मंगलबार दिउँसो फुलजोर स्थित सिर्जनाको किराना पसलमा पुगेका पूर्वपति सुर्खेतीले सुरुमा झगडा गरेका थिए। त्यसपछि सिर्जनाको पेटमा छुरा रोपेको र आफूलाई पनि छुरा हानेको उदयपुरका प्रहरी नायव निरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
किराना पसलमा बसिरहेकी सहरमान राईकी श्रीमती ४३ वर्षीया सिर्जनालाई र आफूलाई पनि एक व्यक्तिले छुरा हानेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।
प्रहरीले दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाइघाटमा लगेको थियो।
थप उपचारको लागि बिपि कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको डीएसपी आचार्यले बताए।