वीरगञ्ज, २९ जेष्ठ। स्थानीय तहको निर्वाचन हुनुभन्दा २ महिना अघि पर्सामा जनता समाजवादी पार्टी (जसपा) आन्तरिक विवादमा रुमल्लिएको थियो। जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले पार्टीलाई गतिशिल बनाउन नसकेको आरोप लगाउँदै मधेश प्रदेशका प्रदेश सभा सदस्य मञ्जुर रहिम अन्सारीलाई पार्टी अध्यक्ष बनाएपछि जसपा पर्सामा विवाद झन चुलियो।

srijana school

यद्धपी रामनरेश प्रसाद यादव र मञ्जुर रहिम अन्सारी दुवै जनाले आ–आफुलाई नै आधिकारीक अध्यक्ष र आफ्नै समिति आधिकारीक भएको दावी गर्दै आएका थिए।

एकअर्कालाई आरोप प्रत्यारोपमा मात्रै सिमित नभएर समानान्तर समितीसमेत गठन भइसकेको जसपा पर्साको अवस्था अहिले फेरिएको छ। पर्साले मधेश प्रदेशकै एक मात्र महानगर प्रमुख, महानगरका १३ वडा एवम् पर्साका १४ स्थानीय तहमध्ये १ नगरपालिका र २ गाउँ पालिकाको प्रमुखमा जित्ला भनेर शायदै कसैले अनुमान गरेका थिए।

झण्डै दुई भागमा विभाजित भएको जसपालाई पुनः एक गरेर निर्वाचनमा बिजयी बनाउन पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवको महत्वपूर्ण भूमिका रहयो।

दुई चिरामा चिरिन लागिको पार्टीलाई पुनः एउटै बनाएर रामनरेश प्रसाद यादवलाई नै आधिकारीक जिल्ला अध्यक्ष बनाएपछि विवाद साम्य भयो। त्यसपछि पनि जसपा पर्सालाई निर्वाचनको अर्काे चुनौती थपियो।

जसपाबाटै निर्वाचित निवर्तमान मेयर बिजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेपछि अब मेयरका लागि योग्य अनि सक्षम व्यक्ति को छ भन्ने कौतुहलता नगरबासीमा पलाएको थियो। जनताले विश्वास गर्ने अनि पार्टीको साखलाई टिकाई राख्ने खालको उम्मेदवारको टड्कारो परेको बेलामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर नेकपा एमालेमा जाने उद्घोष गरीसकेका राजेशमान सिंहलाई सांसद यादवले नै जसपामा ल्याएर मेयरको उम्मेदवार मात्रै बनाएनन्, जिताए पनि।

शुरुमा जसपाले जित्नेमा आशंका रहेपनि पाँच दलीय गठबन्धनको निर्णयबमोजिम वीरगञ्ज महानगरपालिका जसपाको भागमा परेपछि भने जसपाका नेता कार्यकर्ता केही निश्चिन्त देखिन्थे। तथापी नेपाली कांग्रेसले विगतमा आफ्नै पार्टीलाई हराउन खेलेको भूमिकाले गर्दा अहिले अरुको पार्टीलाई जिताउलान् त भन्नेमा भने केहीले शंका व्यक्त गरे।
तर मतपरिणामले उक्त शंकालाई गलत साबित गरिदियो। तसर्थ सांसद यादवलको पहल, जसपाका नेता कार्यकर्ताको सक्रियतालाई जनताले पनि विश्वास गरे, अनि नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रसहितका गठबन्धनले पनि साथ दिँदा जसपाको साख गुम्नबाट बचेको छ।

तर महानगरको निर्वाचनमा सत्तारुढ गठबन्धनको सहयोगले जितेको जसपाले जिल्ला समन्वय समितिमा भने नेकपा एमालेसँगको तालमेलले कांग्रेसी नेता रुष्ठ देखिन्छन्।

महानगर प्रमुख जसपाको भागमा परेपछि समन्वय समितिको प्रमुखमा कांग्रेसले दावी गरेको थियो। तर सांसद यादव जिल्ला समन्वय समितिमा पनि जसपाले नै नेतृत्व पाउनुपर्ने मनसाय बनाएका थिए। अब आउने संसदीय निर्वाचनमा आफुलाई सहयोग हुने उनको चाहनाबमोजिम नेकपा एमालेसँग तालमेल गर्ने रणनीति बुनियो। अन्ततः जिल्ला समन्वय समितिमा पनि जसपाकै प्यानल बिजयी भएको छ।

ban suchana_1653571614