सिरहा, २६ जेष्ठ। गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले दुई पाङ्ग्रे सवारी साधानमा लाग्दै आएको करमा सरकारले पुनरविचार गर्नुपर्ने बेला भएको बताए। सिरहा गोलबजार नपा ३ मा रहेको डी.बी. राज आटो सेन्टरको उद्घाटन गर्दै दुई पाङ्गे्र सवारी साधान अव आवश्यकताको साधन भएकाले कर कम गर्नुपर्ने बताएका हुन्।

laif

कुनै जमानामा मोटरसाइकल शोख, सुविधा वा विलाशिताका साधन थिए। अव प्रत्येक व्यक्तिको दैनिक आवश्यकीय साधान भईसकेकोले यसमा लाग्ने कर सरकारले कम गर्नुपर्ने मेयर श्रेष्ठले जिकिर गरे। उनले भने, ‘पहिला हुने खानेले, शोखले मोटर साइकल चड्थे; आज किसानको सामान ओसार्ने देखि कर्मचारी कार्यालय जानसम्म यसको प्रयोग हुने गरेको छ। मोटरसाइकल मानिसको अति आवश्यक साधन बनिसकेको छ।’

यामाहा कम्पनीका प्रतिनिधी राजु क्षेत्रीले हरेक सामान आफ्नै पायक पर्ने बजारमै किन्न आग्रह गरे। उनले दुई चार सय सस्तो पाउने नाममा आफ्नो बजार छोडेर अन्यत्र जानु भन्दा आफ्नै बजारमा किन्नु उपयुक्त हुने बताए। क्षेत्रीले आफ्नै बजारमा किन्दा स्थानीय व्यसायमा टेवा पुग्ने र हैरानी पनि कम हुने बताए।

सोही क्रममा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष भरत अग्रवाल, गोलबार नजार नपा ३ का वडा अध्यक्ष धनप्रसाद लामाले सफल व्यसायको कामना गरे।

वणिज्य संघका महासचिव राजेश गुप्ताले दुईपाङ्ग्रे समावरी साधन अव नेपालमै मेनुफ्याक्चरीङको सुविधान दिनु पर्ने माँग गरे। उनले छिमेकी भारतको तुलनामा समेत हाम्रो देशमा सवारी साधान धेरै महगो भएकाले अव ग्राहकले सहज मूल्यमा पाउने अवस्था सृजना गर्न सरकारले सोच्नु पर्ने बेला आएको बताए।

डी.बी. राज आटो सेन्टरद्वारा सञ्चारलित यामाहा कम्पनीको मोटरसाईंकल शो रुमले विश्वसनिय सेवा दिने सञ्चालन दिपक नायकले बताए। उनले अव एउटै छतमुनी सेल्स, सर्भिस र स्पेयर्सको सहज, सरल तथा गुणस्तरीय सेवा गराउने प्रतिबद्धता जनाए।

GBR BHUMI 1