वीरगञ्ज, २४ जेष्ठ । बिकासका लागि मन्त्री नै हुनुपर्ने हो भने ७७ वटै जिल्लाका ७७ जनालाई मन्त्री बनाउनुपर्ने पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णले बताएका छन् ।

laif

बिनियोजन विद्येयकका विभिन्न शिर्षकमाथिको छलफलमा प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद कर्णले भने, “बिकास हुनका लागि प्रधानमन्त्री, उपप्रधानमन्त्री या मन्त्री बन्नुपर्ने हो ? यदि यस्तो हो भने ७७ वटै जिल्लामा ७७ वटा मन्त्री बनाउने गरी विद्येयक संशोधन गरौ । संसद हटाइदिउँ ।”

बजेटमा वीरगञ्ज, पर्सा जिल्लासँगै समग्र मधेश प्रदेशलाई नै उपेक्षा गरिएको सांसद कर्णको भनाई छ । उनले थपे, “एकजना मन्त्रीको क्षेत्रभन्दा पनि मधेश प्रदेशमा कम बजेट र कम योजना । यसैबाट पुष्ठि हुन्छ कि बिकासका लागि मन्त्री नै हुनुपर्छ भनेर । एक जना मन्त्रीको क्षेत्र ठूलो भयो तर प्रदेश सानो भयो ।”

बजेट ल्याउने प्रवृति नै गलत भएको बताउँदै सांसद कर्णले भने, “बजेट बन्नुभन्दा अघि छलफल हुँदैन, बनीसकेपछि छलफल हुन्छ तर बजेट परिवर्तन हुँदैन ।”

GBR BHUMI 1