सिरहा, २४ जेष्ठ। सिरहाको गोलबजार नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत मूल्यमा भिविन्न जातको धानको बिउँ वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६ जातका धानको बिउँ किसानहरुलाई वितरण गरेको हो।
गोलबजार नगरपालिकाको कृषि विकास शाखा प्रमुख रामनारायण महतोले नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण गरिरहेको जानकारी दिए ।
उनले सुख्खा–३, सम्भसव १, श्वर्णसव १, हर्दिनाथ १, रामधान र बासमती जातका करिव ७ हजार ५९५ केजी धानको विउ वितरण कार्य जारी रहेको जनाए।
कृषि शाखाका प्रमुख महतोले किसानको उत्पादन वृद्धि र महगो विउ किन्नुपर्ने बाध्यतालाई मध्यय नजर गर्दै नगरपालिकाको योजना अनुसार धानको विउ सहुलियत दरमा वितरण गरेको हो।
कृषि शाखाले १० हजार केजी विउ वितरण गर्ने योजना अनुसार काम गरिरहेको जनाए।