सप्तरी, २३ जेष्ठ। सप्तरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेको पङ्खा चलाउने क्रममा शम्भुनाथ नगरपालिका ६ कठौना का ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो।
पंङ्खा चलाउनको लागि मल्टीपल्ग प्लक जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।