वीरगञ्ज, २२ जेठ। मानव बेचबिखन नियन्त्रण इकाई (एएचटीयु) रक्सौलले ५ जना नाबालिगसहित ९ जना नेपाली युवतीलाई उद्धार गरेको छ। मानव बेचबिखनलाई नियन्त्रण गर्न मिसन मुक्ति फाउण्डेशन दिल्लीले एएचटीयुसँगको सहकार्यमा विभिन्न आर्केस्ट्रामा छापामारी ९ जना युवतीको उद्धार गरेको हो।

laif

गाउँमा रहेका आर्केस्ट्रहरुले आफ्ना छोरीहरुलाई नराम्रो असर गरीरहेको हुँदा आजित भएका स्थानीयले छापा मारी गर्दा उत्साहित भएका थिए। आफ्ना गाउँका छोरीहरुलाई प्रलोभनमा पारेर आर्केस्ट्रामा नाच्न लगाउने गरेको स्थानीय बताए।

एएचटीयु रक्सौलका सयुँक्त इन्चार्ज बरिष्ठ निरीक्षक मनोज कुमार शर्मा नेतृत्वको टोलीले रागढवाका विभिन्न स्थानमा छापामारी युवतीको उद्धार गरिएको हो। सुगौलीका वृत्त निरीक्षक अभय कुमार, गैरसरकारी संस्था मिशन मुक्ति फाउण्डेशन, नेपाल र सुगौली, रामगढवा, भेलाही थानाका प्रहरी पनि छापामार अभियानमा सहभागि थिए।

यसअघि पनि पटक–पटक गुनासो गरेको हुँदा अनुगमन गरेकोमा स्थानीयले खुशी व्यक्त गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने माँग गरेका छन्।

विवाहको बहानामा शारिरीक दुव्र्यवहार गर्ने, घर जान नदिने, पैसाको प्रलोभनमा ल्याएर पैसा नदिने, कुटपिट गर्ने जस्ता गतिविधि गर्ने गरेको युवतीहरुले बताएका छन्।

उद्धार फाउण्डेशनका निर्देशक वीरेन्द्र सिंहले अर्केस्ट्राको नाममा बालिकामाथि धेरै अत्याचार, शारीरिक दुव्र्यवहार हुने गरेको र त्यसलाई रोक्ने काम गरिने बताए।

युवतीहरुलाई अवैध रुपमा काम गराउनेहरुलाई रामगढवा प्रहरी चौकीमा बुझाइएको छ। अनुगमनमा उद्धार फाउण्डेशनका निर्देशक वीरेन्द्र सिंह, सुगौली सर्कल इन्स्पेक्टर अभय कुमार, एएचटीयू टोलीबाट महिला हवल्दार डाँडी पवानी, महिला हवल्दार रेश्मा कुमारी र हवल्दार चालक राघवेन्द्र राठौर लगायतका संघसंस्थाका प्रतिनिधि एवम् सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो।