मकवानपुर, २० जेष्ठ। म्कवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका १० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक भारत नागरिकलाई पक्राउ गरेको छ।
बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय सितामडि थाना बेला १० नोचाका ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकालागि जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको अवस्थामा लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।