काठमाडौं, १९ जेष्ठ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरि १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।
निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य १ सय ५३ रुपैयाँ कायम भएको छ।