जनकपुर, १८ जेष्ठ। धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत मूल्यमा जातको धानको बिउँ विक्रि गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातको धानको बिउँ वितरण गरेको हो।

मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण गरिरहेको जानकारी दिए । २२ टनभन्दा बढी धानको बिउँ वितरण गरिने जानकारी उनले सुनाए।

कृषि शाखाका प्रमुख महतोले धानको बिउँ राख्नेबेलामा किसानलाई धानको बिउँ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर सयममै उपलब्ध गराइरहेको बताए । एक सातादेखि धानको बीउँ वितरण भईरहेको अझै केही दिनसम्म वितरण गरिने जनाए।

सुख्खा–२, सुख्खा–३, सावा मन्सुरी सबवन, साबित्री र रामधान गरी पाँच किसिमका धानको बिउँ वितरण गरिरहेको कृषि शाखाले जानकारी दिए।