सिरहा, १३ जेष्ठ। गोलबजार नगरपालिकाका नव निर्वाचित मेयर श्याम कुमार श्रेष्ठले फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन्। मेयर श्रेष्ठले आज शुक्रवार पदभार ग्रहण गर्दै नगरक्षेत्रमा रहेका फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरुलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशूल्क गर्ने निर्णय गरेका हुन्।

नगरक्षेत्रमा तत्काल खोनेपानीको व्यवस्था मिलाउन वोर्डिङ्ग जडान गर्ने निर्णय गरेको छ। उत्तरी क्षेत्र र नगरक्षेत्रका मूख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न बोर्डिङ्ग जडान गर्ने जनाए।

आजै एक समारोहविच मेयर श्रेष्ठले निर्वाचित उपमेयर, वडा अध्यक्षहरु तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए।

सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी सासंद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठले अवका जनप्रतिनिधीहरुले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने वदाए। यस अघि निर्वाचित जन प्रतिनीधिहरुको काँधमा ऐन कानुन बनाउने, कार्यलय भवनहरु बनाउने लागाएतका जिम्मेवारीहरु समेत रहेको बताउँदै अवका जनप्रतिनीधिले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने औंल्याय।

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवले विकास निर्माणसँगै स्थानीय सरकारले पारदर्शिता र सुशासन कायम गर्नु पर्ने बताए।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले स्थानीय सरकार जनताको सवैभन्दा नजिकको सरकार रहेको बताउँदै जनभावना अनुसार कामगरे पुनः अनुमोदन हुने बताए।

उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले स्थानीय सरकारले विकास निर्माणसँगै सुशासन, पारदर्शितामा जोड दिनुपर्ने बताए।