खेतमा गाडीएको २५ लाख भारतीय रुपैयाँ र दुई तोला सुन बरामद

    • जेठ १३, २०७९
    • ५२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    कैलालि, १३ जेष्ठ। खेतमा गाडी राखेको अवस्थामा कैलालि प्रहरीले २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ। भारतको विभिन्न स्थानबाट नगदसहित सुन चोरी गरी लुकाइछिपाइै राखिएको भन्ने विशेष सुचनाको आधारमा जिल्लाको घोडाघोडी नगरपालिका ८ र बर्दगोरिया ४ सुन्दरपुरको खेतमा गाडेर लुकाइ राखेको अवस्थामा नगद र सुन बरामद हो।

    जिल्लाको घोडाघोडी नगरपालिका ८ र बर्दगोरिया ४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

    घोडाघोडी नगरपालिका ८ मा २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा स्थानीय लालबहादुर थापाको घर नजिकबाट र सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ बरामत गरेको जिल्ला प्रहरी कार्यालय कैलालिका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिए।

    नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल