सप्तरी, १२ जेष्ठ। सप्तरी प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई गिरफ्तार गरेको छ। १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सुरुङ्गा नपा ७ हरिपुरका २१ वर्षीय जागेश्वर ठाकुरलाई गिरफ्तार गरेको हो।

सप्तरी जिल्ला अदालतबाट ०७८ मङ्सिर २३ गते पक्राउ पुर्जी जारी भएदेखि ‘फरार’ रहेका आरोपितलाई गाउँघरबाटै गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ।

पीडित बालिकालाई आरोपितले ०७८ मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७८ मङ्सिर २२ गते उजुरी दिएकी थिइन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ मङ्सिर २२ गरिएको थियो।