जनकपुर, ११ जेष्ठ। धनुषाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव दुई दिनपछि भेटिएको छ।

भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकाको शव आज भेटिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले बुधबार उनको शव पोखरीमा फेला पारेको जनाएको छ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।