सिरहा, ११ जेष्ठ। अबैध रुपमा ग्रयाभेल उत्खन्न गरेको भन्दै धनगढीमाई नगरपालिकाले ४ वटा टिपर नियन्त्रणमा लिएको छ। अवैध रुपमा ग्र्याभेल उत्खन्न गरी ल्याईरहेको भन्ने सूचना पाएर पुगेका नगर प्रहरीले धनगढडीमाई नपा ८ बाट ना. १ अ यो १४९, ना. १ अ यो १५७, ना. १ अ यो १५६ र ना. ८ ख ४५४७ नम्वरको ट्रक नियन्त्रण्मा लिएर नगरपालिका ल्याएको हो।
नदि तथा निजी जमिनहरुबाट अबैध रुपमा ढुङ्गागिट्टी, ग्रायभेल उत्खन्न गरिरहेको गोप्य सुचनाको आधारमा पुगेका नगर प्रहरी तथा कर्मचारीले टिपर नियन्त्रणमा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत गोपाल प्रसाद बगालेले जानकारी दिए।
नियन्त्रणमा लिएका टिपर धनीहरु अझै नआएकाले उनले जानकारी दिए। प्रकृया पुर्याएर निवेदिएको आधारमा नगरपालिकाको नियम अनुसार जरिवाना भराएर टिपर जिम्मा लगाउने प्रमुख बगालेले जनाए।
उनले नगरले इजाजत नदिएका र इजाजत दिएकाहरुमा पनि अन्धाधुन्द उत्खनन प्रकृयालाई नियन्त्रण गर्ने योजना अनुसार ट्रकहरु नियन्त्रणमा लिएको जनाए।
नगरपालिका अन्तर्गतको चुरे क्षेत्रमा अबैध रुपमा ढुङ्गागिट्टी उत्खन्न भईरहेको जनगुनासो पश्चात नगर सक्रिय भएको बताइएको छ।