सिरहा, ७ जेष्ठ । सिराहाको मिर्चैया नगरपालिकामा मेयर उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्र समेत दिएको छ।
उनीहरु दुवैजना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीयतह निर्वाचनमा सोही पतमा निर्वाचित भएका थिए।
मिर्चैयाका निवर्तमान मेयर समेत रहेका यादव ५ सय २३ मतान्तरसहित ५ हजार २ सय ३३ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७ सय १० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७ सय ४ मत प्राप्त गरेका छन्।
उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम् प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८ सय ७७ मत प्राप्त गरेकी छन्।
कुल १२ वडा रहेको मिर्चैयामा एमालेले ५, माओवादी केन्द्रले ४ जनमत पार्टी, नेपाली काँग्रेस र स्वतन्त्रले १÷१ वडा जितेका छन्।
नेकपा एमालेका वडा नम्वर २ मा हरि राम श्रेष्ठ, ५ प्रदिप कुमार साह, ७ राम दयाल ठाकुर वरही, १० संजय कुमार साह र ११मा प्रदिप कुमार यादव वडा अध्यक्ष विजयी भएका छन्।
माओवादी केन्द्रका वडा नम्वर १ सुरेश कुमार महतो, ६ राम प्रकाश महासेठ, ८ विरेश्वर यादव र ९ दिनेश कुमार मण्डल वडा अध्यक्ष निर्वाचित भएका छन्।
स्वातन्त्र उम्मेदवारी दिएका पवित्री देवी यादव ३ नम्वर वडा अध्यक्ष निर्वाचित हुँद्या जनमत पार्टीबाट ४ नम्वर वडामा दिलिप कुमार सिंह, नेपाली काँग्रेसका मनेलाल यादव वडा नम्वर १२ को वडा अध्यक्ष निर्वाचित भएका छन्।
मत गणना सकिएको लामो समयसम्म पनि विजय घोषणा नगरेपछि नेकपा माओवादीका नेता कार्यकर्ताहरुले मत परिणाम घोषणा गर्न दवाव दिनु परेको थियो। शुक्रवार अपरान्ह ५ बजे नै मतगणना सहिएपति परिणाम घोषण रोकीएपछि संञ्चारकर्मी र नेताहरुको आग्रह पछि आज शनिवार विहानमात्र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचत परिणाम घोषणा गरेका थिए।