सिरहा, ६ जेष्ठ। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका नेपाली कांग्रेस बहुमतसहित विजयी भएका छन्। अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका हुन्।

ठाकुरले ३ हजार ८ सय ४५ मत र यादवले ३ हजा ८ सय ४८ मत ल्याएका छन्। अध्यक्षमा निर्वाचित भएका ठाकुर ०७४ को निर्वाचनमा पराजित भएका थिए।

अध्यक्षमा निकटतम नेकपा एमालेका देवनारायण साहले ३ हजार ५ सय८५ मत र जसपाका केदारनाथ यादव २ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्।

यसैगरी ,उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाकी रन्जुकुमारी यादवले ३ हजार २ सय ३२, एमालेकी गितादेवी चौधरी ३हजार र एकिकृत समाजवादीकी श्यामकुमारीले १ हजार ४ सय ९० मत ल्याएको छ ।

यहाँ ६ वटा वडामध्ये वडा १, २, ३, ४ मा कांग्रेस, ५ मा एमाले र ६ मा जसपा विजयी भएको छ ।