सिरहा, ६ जेष्ठ। सिरहाको नगरहा गाउँ पालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँ पालिका अध्यक्षमा २ हजार ६ सय ९५ मत प्राप्त गर्दै रामप्रमोद यादव विजयी भएको छ, भने उपाध्यक्षमा गुलावदेवी चौधरी २ हजार ५ सय ७१ मत सहित निर्वाचित भएकी छिन्।

अध्यक्षका प्रतिस्पर्धीहरुमा जनता समाजावादी पार्टीका राम स्वगारथ यादवले २ हजार ५ सय १७ र नेपाली काँग्रेसका कौशल मण्डलले २ हजार १ सय मत प्राप्त गरेका छन्।

उपमेरका प्रतिस्पर्धी नेपाली काँग्रेसका अरहुल्ला देवी यादवले २ हजार ३ सय २३ र जसपाका फूलोदेवी यादवले २ हजार १ सय मत प्राप्त गरेका छन्।

५ वडा रहेको यस गापामा २ नेकपा एमाले र १÷१ वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा विजयी भएका छन्।
नेपाली काँग्रेसबाट वडा नम्वर १ का उम्मेदवार अशोक कुमार महतो १ हजार ८४ मत प्राप्त गर्दै विजयी भएको छ।

नेकपा एमालेबाट वडा नम्वर २ मा सम्झना सिंहले ५ सय २० र वडा नम्वर ३ मा मो रुषतम अन्सारी ५ सय ८० मत प्राप्त गर्दै विजयी भएका छन्।

वडा नम्वर ४ मा जसपाका रामविलेक्षण यादवले ५ सय ८४ मत र वडा नम्वर ५ मा नेकपा माओवादी केन्द्रका हुकुमदेव यादव ४ सय ७० मत प्राप्त गर्दे विजयी भएका छन्।