लहान, ६ जेष्ठ। सिरहाको लहान नपामा गठवन्धनमा उम्मेदवार नेपाली काँग्रेसका महेश चौधरी मेयर पदमा विजयी भएको छ। निवर्तमान मेयर मुनी साह सूडीसँग ८ हजार १ सय ३९ मतको फराकिलो अन्तरले निर्वाचित भएको हो।
चौधरीले २० हजार १ सय ५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार साहले ११ हजार ९ सय ६६ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका विनोद कुमार साहले २हजार एक सय ५२ मत प्राप्त गरेको छ।
उपमेयरमा गठवन्धनकै जसपाबाट उम्मेदवारी दिएका रामचलितर महतो १२ हजार ५ सय ६९ मतले विजयी भएका छन्। उनको निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयर तथा नेकपा एमालेका उम्मेदवार सरियार कुमारी चौधरीले ११ हजार ७ सय ९० मत ल्याउँदा नेकपा एसका कंचन चौधरीले ४ हजार ६ सय ५६ मत प्राप्त गरेको छ।
देशकै सवैभन्दा ठूलो यस नगरपालिकाको २४ वडामध्येय सवैभन्दा बढी नेपाली काँग्रेस १६ वटा वडामा निर्वाचित भएका छन्। ४ वटा वडामा नेकपा एमाले, २ वटामा जसपा र १÷१ वडामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी विजयी भएको छ।
नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर १ मा युगल किशोर चौधरी, २ मा सीयाराम यादव, ३ मा रामदयाल महतो, ५ मा अवदुल करिम, ६ मा रमेश उपाध्याय, ७ मा राम औतार शर्मा, ८ मा श्याम कुमार साह, ९ मा घुरन थारु, ११ मा सूर्यनारायण चौधरी, १२ मा बद्रिनारायण चौधरी, १३ मा मनोज कोइराला, १५ मा तेज नारायण चौधरी, १६ मा गरुड बहादुर जर्घा मगर, १९ मा मो. कमरुदीन र्राइन, २२ मा श्याम कुमार अधिकारी थारु र २३ मा बद्रि यादव निर्वाचित भएका छन्।
नेकपा एमालेको तर्फबाट वडा नम्वर १० मा मन्टी कुमार मण्ड, १७ मा प्रथमलाल चौधरी थारु, १८ मा मो. सामसेर र २१ मा राजकुमार यादव विजयी भएका छन्।
जनता समाजवादीबाट वडा नम्वर ४ का रामना पण्डित र २४ बाट राजलाल राय राजपुत निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रबाट वडा नम्वर २० मा गणेश चौधरी र नेकपा एसका तर्फबाट वडा नम्वर १४ मा धनिकलाल यादव निर्वाचित भएका छन्।