सिरहा, ६ जेष्ठ। सिरहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ। नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका रामकुमार साह तेली ५ हजार ८ सय ८३ मत र उप उपमेयर रेखा कुमारी यादवले ५हजार ७ सय ३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
मेयरपदका प्रतिस्पर्धिहरु नेपाली काँग्रेसका धर्मनाथ यादवले ५ हजार ३ सय ५३ मत ल्याउँदा जनता समाजवादी पार्टीका प्रतिप साहले ४ हजार १ सय ७६ मत प्राप्त गरेका छन्।
उपमेयरका प्रतिस्पर्धि नेपाली काँग्रेसका धनेश्वरी देवी मण्डलले ५ हजार ४ सय ७० मत र जसपाका मसुदा खातुनले ४ हजार ५ सय ४५ मत प्राप्त गरे।
१२ वडा रहेको यस पालिकामा जसपा ३, नेकपा एमाले सवैभन्दा बढी ५, नेका २, नेकपा एस १ र जनमतले १ वडामा विजयी हासिल गरेका छन्।
२०७४ को निर्वाचनमा नेपाली काँग्रेसका सूर्यनाथ मण्डल मेयर पदमा निर्वाचित भएका थिए।
वडा नम्वर १, २ र १० मा जसपाका वडा अध्यक्षहरु विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो. साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्द किशोर साह निर्वाचित भएका छन्।
नेकाप एमालेबाट वडा नम्वर ३ मा १ हजार ५८ मत सहित रामदुलार मण्डल, ४ मा ९ सय ५९ मत सहित प्रदिप कुमार यादव, ६ नम्वर वडामा ३ सय १३ मत सहित दिनेश यादव, वडा नम्वर ११ मा ८ सय २५ मत सहित परमेश्वर साह र १२ नम्वर वडामा १ हजार २ सय ७४ मत सहित दिलिप कुमार यादव विजयी भएका छन्।
नेपाली काँग्रेसका कुलदिप यादव ७ सय ९५ मत सहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट राम किशोर यादव ७ सय ३ मत सहित विजयी भएका छन्।
नेकपा एकीकृत समाजवादीका विष्णु देव यावदवले ९ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडा अध्यक्ष निर्वाचित भएको छ। जनमत पार्टीका विनोद कुमार यादवले ५ सय ४ मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएको छ।