सप्तरी, ४ जेठ। सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ।

अध्यक्षमा लोसपाका सुनिल मण्डल चार हजार ५७० मत ल्याएर निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुमार यादव दुई हजार २०५ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले तीन हजार ८६७ मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुष्माकुमारी मण्डल दुई हजार २५३ मत प्राप्त गरेकी छन्।