सिरहा, ४ जेष्ठ। सिरहाको गोलबजार नपा १ मा नेकपा माओदीकेन्द्रका उम्मेदवार देववहादुर मगर पुनः प्यानलै विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेस सरद राजा शाहिलाइ ७५ मतले पछि पार्दै प्यानलै विजयी भएका हुन्।
मगर ७४ को निर्वाचनमा पनि वडा अध्यक्ष निर्वाचित भएका थिए।
मगरले जम्मा ५ सय ४८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रेसका शाहीले ४ सय ७३ र नेकपा एमालेका भेष राज ज्यू ठकुरीले ४ सय ४१ मत प्राप्त गरेका छन्।
गोबजार नपा १ को मतको अन्तिम परणाम आउँदा सम्म नगर प्रमुमा नेकपा माओवादी केन्द्रका देवनाथ साहको ४ सय ९३, नेकपा एमालेका श्याम कुमार श्रेष्ठले ४ सय ५६ मत र नेपाली काँग्रेसका राजदेव साहले ४ सय २१ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि नेकपा माओवादीका रेशम कुमारी थापा अगडी रहेका छन्। उनले ५ सय २०, नेकपा एमालेका मानती साहले ४ सय ४८ र नेपाली काँग्रेसका शान्ति सदायले ४ सय १९ मत प्राप्त गरेकी छिन्।
अहिले वडा नम्वर १३ को मत गणना भईरहेको निर्वाचन अधिकृतले जनाएको छ।






















