सखुवानन्कारकट्टी गापामा दोहरिए केदारथान

    • जेठ ४, २०७९
    • ५८२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ जेष्ठ। सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिकामा नेकपा एकीकृत समाजवादीका केदारथान यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएको छ। निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका शत्रुधन प्रसाद साहलाई २६ मत अन्तरले पछि पार्दै यादव निर्वाचित भएको हो। ७४ को निर्वाचनमा यादव नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए।

    यादव ३ हजार ४ सय ७ मत सहित विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रेसका शत्रुधन प्रसाद साह र जनता समाजवादी पार्टी, नेपालका प्रयागलाल यदवले १ हजार ८ सय ४ मत प्राप्त गरेका छन्।

    गाउँ पालिका उपाध्यक्षमा भने नेपाली काँग्रेसकी निलम यादव ३ हजार ४ सय ६२ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नकपा एसका प्रमिला यादव र जसपा नेपालका कविता कुमारी यादवले १ हजार ८ सय ६० मत प्राप्त गरेको निर्वाचन अधिकृत अनन्त पौड्यालले जानकारी दिए।

    पलिकाको नेपाली काँग्रेसले २, नेकपा एसले २ र जसपाले एउटा वडा जितेको छ।

    वडा नम्वर १ र २ मा क्रमशः नेपाली काँग्रेसका संजय कुमार यदव ६ सय २५ मत र तनुकलाल यादव ६ सय ९५ मत ल्याई विजयी भएका छन्।

    नेकपा एसका तर्फबाट वडा नम्वर ३ मा भोगेन्द्र यादव ७ सय ९६ र वडा नम्वर ५ मा विसेश्वर प्रसाद यादव ९ सय ४१ मत सहित निर्वाचित भएका छन्।

    वडा नम्वर ४ मा भने जनता समाजवादी पार्टी नेपालका रमेश कुमार यादव ७ सय २९ मतले जित हासिल गरेको छ।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल