काँग्रेसको किल्ला तोड्दै जनता समाजवादी विजयी

    • जेठ ३, २०७९
    • ५५६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३जेष्ठ। काँग्रेसको किल्ला भत्काउँदै सिरहाको नवराजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। निवर्तमान अध्यक्ष विश्वमोहन प्रसाद यादवलाई दुईहजार भन्दा बढी मातान्तरले शिव उदगार यादव ‘शिवा’ विजयी भएका हुन्।

    उनले ४ हजार ५ सय ५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    उनका निकटम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादव मात्र २ हजार ५ सय २५ मत र नेकपा एमालेका खुशिलाल साहले १ हजार ७ सय ५३ मत प्राप्त गरेको छ।

    विश्वमोहन कांग्रेस नेतृ एवम् पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका दाई हुन्।

    उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३ सय १८ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटम प्रतिस्पर्धीहरु कांग्रेसकै शोभा कुमारी यादवले २ हजार ३ सय ८५ मत र नेकपा एमालेका संगीता कुमारी यादवले २हजार ४६ मत प्राप्त गरेकी छिन्।

    पालिकाको ५ वडा मध्ये ४ वटा वडा जसपाले हात पारेको छ भने एउटा वडा नेपाली काँग्रेसले जितेको छ।

    जसपाको तर्फबाट वडा नम्वर १ मा नविन कुमार यादव ९ सय १३, वडा नम्वर २ मा सुरेश कुमार यादव ४ सय २९, वडा नम्वर ३ मा वंशिलाल यादवले १ हजार १ सय ३७ मत र वडा नम्वर ५ मा जयप्रकाश यादवले १ हजार २० मत प्राप्त गरी निर्वाचित भएका छन्।

    नेपाली काँग्रेसबाट वडा नम्वर ४ का उम्मेदवार मदन यादव ७ सय ८३ मत सहित विजयी भएका छन्।

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल