पूर्व मन्त्री सोनलकै पालिकामा लोसपा पराजित, वडामा पनि एमाले बिजयी

    • जेठ ३, २०७९
    • ३६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ३ जेष्ठ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष एवम् पूर्व मन्त्री जितेन्द्र सोनलकै गाउँपालिकामा लोसपा पराजित भएको छ । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार जगतनारायण महतो पराजित भएका हुन् । महतो नेकपा एमालेका रामक्षत्रीप्रसाद कुर्मीसँग ४ सय ७४ मतले पराजित भएका हुन् । एमालेका कुर्मी २ हजार ९ सय १७ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

    मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्रीसमेत रहेका सोनलकै गाउँपालिकामा उनकै पार्टीका उम्मेदवार पराजित भएपछि लोसपाको गढ मानिने क्षेत्र एमालेको कब्जामा गएको हो । २०७४ सालको निर्वाचनमा सोनलकै पार्टीले अध्यक्ष र उपाध्यक्षमा बाजी मारेपनि यसपटक टिकट वितरणमा विवाद हुँदा निवर्तमान अध्यक्ष हरीनारायण साह र कार्यपालिका सदस्य सञ्जु साह जसपातिर लाग्दा प्रदेश सभा सदस्य सोनलले गृह पालिका गुमाउनु परेको हो ।

    गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी सुगन्धी देवी कानु ३ हजार २ सय ३२ मतका साथ निर्वाचित भएकी छिन् । लोसपाबाट उपाध्यक्षकी उम्मेदवार साबित्री देवीलाई कानुले ८ सय ४५ मतान्तरले पराजित गरेकी छिन् ।

    गाउँपालिकाका ५ वडामध्ये वडा नम्बर ४ मा मात्रै लोसपाले जितेको छ । लोसपाका गम्भिरा राउत कुर्मी ६ सय १५ मतका साथ निर्वाचित भएका छन् भने वडा नम्बर १ मा नेपाली कांग्रेसका चोकट महतो धानुक (७८०), २ मा एमालेका महमदनुरुल होदा अन्सारी (५८५), ३ मा एमालेकै इब्राहिम मिया धोबी (८४३) र ५ मा जसपाका रामेश्वर साह कलवार (८५९) निर्वाचित भएका छन् ।

    वडा नम्बर ३ पूर्व मन्त्री सोनलकै वडा हो । आफ्नै वडामा पनि एमालेले नै जितेर लोसपा पराजित भएपछि सोनलप्रतिको विश्वास कम भएको स्थानीय बताउँछन् ।

     

    शिक्षामा गुणस्तर वृद ...

    सिरहा, ८ बैशाख। सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित ...

    पर्साको भलुवहीयाँमा ...

      क्रान्ति शाह   ...

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल