विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा विजयी

    • जेठ ३, २०७९
    • ६७७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३ जेष्ष्ठ। सिरहाको विष्णुपुर गाउँ पालिकाको एउटै वडा जित्न नसकेपनि प्रमुख भने नेकपा एमालेले हात पारेको छ। निवर्तमान गापा अध्यक्ष जागरेश्वर यादवलाई ४१ मतले पछि पार्दै नेकपा एमालेका सत्य नारायण यादव गाउँ पालिका अध्यक्ष निर्वाचित भएका हुन्।

    सत्य नरायणले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा, उनका निकटतम प्रतिद्वन्द्विहरु निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन्।

    उपाध्यक्षमा भने जनता समाजवादीका गीता कुमारी सिंह विजयी भएकी छिन्। उनी २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रसकी चन्द्र कला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकपा एमालेका शान्ति देवी यादवले १ हजार ७ सय ६४ मत प्राप्त गरेकी छिन्।

    पाँच वटा वडा रहेको यस पालिकामा ३ वटा नेपाली काँग्रेस र २ वटा वडामा जसपाका उम्मेदवार विजयी भएका छन्।
    जसपाका भोगेन्द प्रासद यादवले वडा नम्वर १ बाट ७ सय ९८ मत, जय कुमार यदवले ३ नम्वर वडाबाट ४ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

    त्यसैगरी, नेपाली काँग्रेसका प्रमोद कुमार यादवले वडा नम्वर २ बाट २ सय ७७, रामबाबु यादव ४ बाट ९ सय १५ र जयनारायण यादव ५ नम्वर वडाबाट ६ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

    यस गाउँ पालिकामा ६ हजार ८ सय ८८ पुरुष र ६ हजार १ सय ६४ महिला सहित १३ हजार ५२ मतदाता रहेपनि ९ हजार ७ सय २४ मात्र मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

     

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल