बाराको परवानीपुरमा एमालेका पटेल निर्वाचित, वडाहरु छ्यासमिस

    • जेठ ३, २०७९
    • ४१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, ३ जेठ। बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा रामक्षेत्री प्रसाद कुर्मी र उपाध्यक्षमा सुगन्धी देवी कानु निर्वाचित भएका हुन्।

    अध्यक्षमा एमाले उम्मेदवार कुर्मीले २ हजार ९ सय १७ मत पाएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार लाल बाबु प्रसाद यादवले २ हजार ४ सय २६ मत पाए। लोसपाका उम्मेदवार जगत नारायण प्रसाद महतोले २ हजार ४ सय ४३ मत पाए।

    उपाध्यक्ष तर्फ एमाले उम्मेदवार सुगन्धी देवी कानु ३ हजार २ सय ३२ मत पाएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार कुराननेसा खातुनले २ हजार ९ सय १४ मत र लोसपाकी सावित्री देवीले २ हजार ३ सय ८७ मत पाएका छन्।

    वाड अध्यक्षहरुमा भने छ्यासमित निर्वचित भएका छन्। नेकपा एमालेका तर्फबाट महामदनुरुल हादा अन्सारी ५ सय ८५ मत सहित वाड नम्वर २ र ३ बाट इब्रहिम मियाँ धोवी ८ सय ४३ मत सहित विजयी भएका छन्।

    त्यसैगरी, वाड नम्वर १ मा नेपाली काँग्रेसका चाहक महतो धानुक ७ सय ८०, वाड नँवर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका गम्भिरा राउत कुर्मि ६ सय १५ मत सहित विजयी भएका छन्। वडा नम्वर ५ मा भने जनता समाजवादी पार्टीका राजेश्वर साह कलवार ८ सय ५९ मत सहित विजयी भएको छ।

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल