गोलबजार ११ को स्थगित मतदान भोली हुने, वाहिरका मानिसलाई गाउँ पस्न रोक

    • जेठ २, २०७९
    • ६३२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २ जेष्ठ। सिरहाको गोलबजार नपा ११ वलकावाको स्थगित भएको मतदान भोली मंगलबाजर पुनः हुने भएको छ। आज वसेको सर्वदलीय बैठकले जेष्ठ ३ गते गर्ने निर्णय गरेको हो।

    गत वैशाख ३० गते ५ बजे पछि मत हाल्न दिने की नदिने भन्ने विवादका कारण मतदान स्थगित भएको थियो।

    स्थागित मतदान भोली मंगलबार विहान ७ बजे देखि ५ बजे सम्म पुनः हुने गोलबजार नपाको निर्वाचन अधिकृत शिव प्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

    मतदान स्थगित पछि नगरपाका सारा उम्मेदवार र नेताहरु वलकावामा केन्द्रित भएका छन्।

    निर्वाचन आयोगले २८ गते जारी गरेको मौन अवधी खुल्ला नगरीएको भन्दै प्रचार प्रशारमा उम्मेदवार वा दलितय प्रतिनिधी नजान अनुरोध गरेपनि दलहरुले त्यसको वेवास्ता गर्दै आएको छ।

    उम्मेद्वार तथा दलका प्रतिनिधीहरु जवरजस्ती आउजाउ गर्न थालेपछि प्रशासनले अघोषीत निशेधज्ञा लगाएको छ। गाउँभन्दा बाहिरका मासिनलाई गाउँ छिर्न रोक लागाएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडील जानकारी दिए।

    उनले सुरक्षाका कारण आज वेलुका देखि भोली ५ बजेसम्मलाई बाहिरी मानिसलाई रजान रोक लगाएको बताउँदै भने, ‘सुरक्षाका कारण बाहीरी मानिसलाई जान रोक लागाएको हो, स्थानीयलाई भने चेक जाँच गरेर जान दिईरहेको छ, यो अवस्था भोली ५ बजेसम्म रहन्छ।’

    GBR 11

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल