सर्लाही, २ जेष्ठ। सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन्। २२ वर्षका उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाएकी छन्।

त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन्।
पलिकाका ७ वडामध्ये ४ वटामा नेकपा माओवादी केन्द्र, २ वडामा नेपाली काँग्रेस र एउटा वडामा नेकपा एमालेका उम्मेदवार वडा अध्यक्ष विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रबाट वडा नम्वर १ मा व्रम्हदेव चौधरी ४ सय ८६, २ मा सदानन्द यादव ७ सय ७६, ३ मा अजय यादव र ५ मा श्रीप्रसाद यादव ६ सय ७७ मत सहित विजयी भएका छन्।

नेपाली काँग्रेसले वडा नम्वर ६ बाट गुदर साह ५ सय ४७ र वडा नम्वर ७ बाट गौरीश०कर पण्डित कुम्हार ५ सय १३ मतले विजयी भएका छन्।
वडा नम्वर ४ मा नेकपा एमालेका बीरेन्द्र ठाकुर ८ सय ८४ मत प्राप्त गर्दै विजय भएको छ।