सिरहा, २ जेष्ठ। सिरहा २१ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हाँस छापबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र मण्डल ४ सय ७१ मत सहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वि नेकपा (एकृत समाजवादी) का राम बालेश्वर भन्ने बालेश्वर यादवले ४ सय ३७ र जनता समाजवादी पार्टीका हिन्द केश्र्वर प्रसाद लाल कर्णले ४ सय १२ मत प्राप्त गरेका छन्।

सिरहामा वडा अध्यक्षमा निर्वाचित हुने मण्डल पहिलो व्यक्ति हुन्।