सर्लाहीबाट नक्कली नोटसहित भारतीय युवक पक्राउ

    • जेठ १, २०७९
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, १ जेष्ठ । सर्लाही प्रहरीले नक्कली नोट सहित भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको गोडैता नगरपालिका ८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोट सहित भारत सितामढी रनौली १० का २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीलेसोही नगरपालिका ५ रामबन घर भई पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नक्कली जस्तो देखिने नेपाली एक हजारको नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौडेताबाट खटिएको प्रहरीले बैठालाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    प्रहरीले उनको साथबाट सक्कली जस्तो देखिने नेपाली ५ सयको नोट १ थान, १ सयको नोट २ थान, र ५० को नोट १ थान समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

    प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल