सिरहा, १ जेष्ठ। सिरहा नपा २२ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का जिवछ नारायण यादव विजयी भएका छन्। यादव ८ सय ६३ मत प्राप्त गर्दै प्यानलै निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टी, नेपालका सीयाराम यादवले ५ सय ४६ मत र नेपाली काँग्रेसका दिपेन्द्र प्रसाद यादवले ३ सय ६६ मत प्राप्त गरेका छन्।